अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना, २५ जनाको मृत्यु

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2018 | 05:12:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानमा बुधबार अफगान सेनाको हेलिकप्टर दुर्घटना भएको छ । अफगानस्तानको पश्चिमी प्रान्त फराहमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् । 

इरानसँग सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरे । हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार थिए । 

तालिबानले भने उक्त हेलिकप्टर आफ्ना लडाकूले खसालेको दाबी गरेको छ । दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved