भारतले किन लगायो ८२७ पोर्न साईटमा प्रतिबन्ध ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 01, 2018 | 11:06:08 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले अश्लील सामग्री देखाउने वेबसाइटमा प्रतिबन्ध लगाएको छ । उसले ८२७ वटा वेबसाइटमा प्रतिबन्ध लगाएको हो । पोर्न र महिलाविरुद्धको अपराधको प्रत्यक्ष सम्बन्ध देखिएकाले बन्द गरिएको बताईएको छ । 

भारतको सर्वोच्च अदालतका वकिल ए सिराजुद्दीनले विभिन्न अध्ययनबाट पोर्नको लतले महिलाविरुद्ध यौन हिंसा बढेको देखिएकाले सरकारको पोर्न साईट बन्द गर्ने कदम स्वागतयोग्य भएको बताए । पोर्न हेर्ने मानिस र नेट न्युट्रालिटीको पैरवीकर्ताहरूले यो प्रतिबन्धको विरोध गरिरहेका छन् । पोर्नहब जस्ता ठूला वेबसाइटले अमेरिका र बेलायतपछिको तेस्रो ठूलो बजारका रुपमा भारतलाई लिँदै आएका थिए । 

नेपालले पोर्न साईटमा प्रतिबन्ध लगाएको महिनादिन पछि छिमेकी मुलुक भारतले पनि प्रतिबन्ध लगाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved