श्रीलंका संकट गहिरियो : राष्ट्रपतिले नियुक्त गरेका प्रधानमन्त्री बहुमतले अस्वीकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2018 | 12:16:00 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा राजनीतिक संकट चुलिँदै गएको छ । दुई साता अघि निर्वाचित प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रिपाला शिरिसेनाले आफूसँग राष्ट्रपतिमा पराजित माहिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि संकट चुलिएको हो । 

श्रीलंकाको संसदले राष्ट्रपतिद्धारा प्रधानमन्त्रीमा नियुक्त गरिएका राजापाक्षेलाई बहुमतले अस्वीकृत गरेको छ । विश्वासको मत नपाएपछि राजापाक्षेको पद धरापमा परेको छ । संसदका सभामुखले समेत अपदस्थ प्रधानमन्त्री विक्रमासिंघे नै आधिकारिक प्रधानमन्त्री भएको भन्दै उनको पक्षमा उभिएका थिए ।

२२५ सदस्यीय संसदमा राजापाक्षले ११३ सांसदको मत प्राप्त गर्नुपर्ने थियो । विक्रमासिंघेको युनाइटेड नेशनल पार्टी (युपीए), तामिल नेशनल अलाइन्स, वामपन्थी दल पिपुल लिवेरशन फ्रन्टसहितका १० समूहका सांसदले राजापाक्षको विरुद्धमा मतदान गरेका थिए ।

राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई अपदस्थ गर्दै नोभेम्बर १६ सम्मलाई संसद निलम्बन गरेका थिए । पछि उनैले नोभेम्वर १४ मा संसद बैठक आह्वान गरे । शिरिसेनाले गत शुक्रबारमात्र संसद विघटन गरी जनवरीमा आम निर्वाचनको घोषणा गरेका थिए । उनको घोषणालाई त्यहाँको सर्वोच्च अदालतले अवैध घोषणा गर्दै खारेज गरिदिएको छ । 

संसद विघटनको निर्णयविरुद्ध विपक्षी गठबन्धन अदालत पुगेको थियो । त्यहाँको सर्वोच्चले रिटमाथि सुनुवाई गर्दै सिरिसेनाको घोषणालाई खारेज गरिदिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved