अध्यक्ष पक्राउ परेपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा गिरावट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 11:12:33 AM मा प्रकाशित

laxmi  sunrise bank

जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो । 

अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ । कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ । जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मिटसुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन् । 

कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण बिषय हो, जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग बताए । 
“सरकारका रूपमा हामीले गर्न सक्ने सबै कुरा हामी गर्छौँ,” मन्त्री परिषद्का मुख्य सचिब योसिहाइड सुगाले बिषयलाई थप विस्तार नगरिकन बताए । 

चौसठ्ठी बर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल ब्यवस्थापकको छविमा ठूलो आघात पु¥याएको छ । उनको यो कुशल कार्यका लागि फ्रान्समा उनलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ । 

फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उनीमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । गोसनको पक्राउ भएकोभन्ने पत्याउनै कठीन लाग्दो समाचार बाहिरिँदा उनलाई कहाँ र कसरी राखिएको छ भन्ने बिषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो । यद्यपि टोकियोका अभियाजनकर्ताहरूले प्रयोग गर्ने कैदी गृहमा उनलाई राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मङ्गलबार बताएका छन् । 

जापानी अभियोजनकर्ताहरूले भनेका छन्, “गोसनलाई विगत पाँच बर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो ।” 

निशानका कार्यकारी प्रमुख हिरोटो साइकावाले अधिकारीहरूको महिनौ लामो अनुसन्धानले उनले गरेका केही बर्ष यता गरेका आर्थिक अनियमिततालाई बाहिर ल्याएको हो । उनीमाथि उनको तलब र अन्य गतिविधिमासमेत कम्पनीको सम्पत्तीको दुरूपयोग गरेको आरोप रहेको छ । 

निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रशारक एनएचकेले जनाएको छ । गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ । 

गोसनसँगै पक्राउ परेका कम्पनीका अर्का उच्च अधिकारी ग्रेग केलीले कम्पनीका अन्य उच्च अधिकारीहरूलाई पनि तलबबारे जानकारी नगराउन भनेका बताइएको योमिउरी शिम्बुनले बताए  । कम्पनीका उच्च अधिकारी खासगरी गोसनको पक्राउ प्रकरणका कारण मङ्गलबार टोकियोमा निशानको शेयर मूल्यमा ५.४५ प्रतिशतले कमी आएको छ । त्यस्तै मिटसुबिसीको शेयर मुल्यमा ५.८४ प्रतिशतले कमी आएको छ । 

गोसनले आफु र आफ्ना प्रतिनिधिले यसबारे केही बताएका छैनन् । तर निशानका कार्यकारी साइकावाले भने गोसनले अत्यधिक शक्ति हातमा लिएको अनियमिततालाई बढावा गराएको भन्दै यो गोसन युगको अध्यारो पक्ष भएको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved