बिजपाटी सम्बाददाता     Nov 30, 2018



ruslan ruslan

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट सार्थक नभएकोले भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भाजपा नेता जोलीले ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफल नै नगरि ल्याइएको प्रतिबेदन सार्थक नहुने बताए। 'नागरिक समाज, पत्रकार, राजनीतिकर्मीहरु, शिक्षाकर्मी, विद्यार्थी नेताहरु र उद्योगपतिहरुको तहमा प्रतिवेदन बनाउनेबारे कुनै छलफल गरिएन, यस्ता सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता छैन' उनले भने। 

‘ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफल नै गरिएन् । नागरिक समाज, पत्रकार, राजनीतिकर्मीहरु, शिक्षाकर्मी, विद्यार्थी नेताहरु र उद्योगपतिहरुको तहमा प्रतिवेदन बनाउनेबारे कुनै छलफल गरिएन् । यस्ता सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता छैन् ।   

नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको सुनाए । तर, ईपीजीका सदस्यहरुले आफूसँग प्रतिवेदन तयार पार्दा कुनै छलफल र राय नै नलिएको गुनासो पोखे । उनले भने,‘बन्द कोठाभित्र कुनै एउटा सिद्धान्तको आधारमा रिपोर्ट बनाउँदैमा समस्याको समाधान कसरी हुन्छ ? मसँग उहाँहरुले कुनै छलफल र राय तथा सुझाव लिन पनि आवश्यक सम्झिनुभएन् । कुनै एक सिद्धान्तविशेषमा बनाईएको प्रतिवेदन सार्थक हुँदैन् ।’

रिपोर्टसम्बन्धी सम्बन्धित पक्ष र विपक्षसँग पनि ईपीजीका सदस्यहरुले छलफल र विचार विमर्श नगरेकोमा उनले आक्रोश पोखे । उनले भने,‘चाहे त्यो वाटर ट्रिटीको कुरा होस् वा ईन्फास्ट्रक्चरको कुरा होस, या हाईड्रोको कुरा नै किन नहोस् वा अन्य सम्बन्धित क्षेत्रको बारेमा नै किन नहोस् यससम्बन्धी एक्टिभ प्लेअर्सहरुसँग वार्ता भएन् । यसमा मेरो गहिरो दुःख छ । ईपीजीले प्राथमिक कुराहरु नै पूरा गर्न सकेन । यो मेरो आलोचना होईन, तर यसलाई उहाँहरुले ‘कन्स्ट्रक्टिभ–सजेशन’को रुपमा लिनुपर्छ।’

पूरा विश्वले नेपाललाई प्यार गरिरहेको सुनाउँदै उनले आफूहरुले पनि नेपाललाई त्यतिकै माया र सम्मान गरिरहेको सुनाए । नेपालीहरु विश्वभरि नै मेहनती, सफल, काम गर्नेवाला, अघि बढ्नेवाला र विकासको पथमा हिँड्नेवाला भनेर चिनिएको भन्दै जोलीले प्रशंसामा आफ्ना शब्द खर्चिए । 

नेता जोलीले अहिलेपनि भारतीय सेनामा ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै नेपाली गोरखालीहरुको वीरताको गाथा सुनाए । त्यतिमात्रै नभएर ब्रिटिश सेनामा पनि ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै उनले विश्वभरि नै यसले नेपालको अस्मिता र प्रवुद्धतालाई दर्शाएको विश्वास दिलाए । 

आफू धेरै वर्षदेखि नेपालको राजनीतिक घट्नाक्रमसँग जोडिएको सुनाउँदै जोलीले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार बनेपनि आफ्नो एकमात्र जोड भनेको नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र मजबुद बनाउनु रहेको स्पष्ट पारे । उनले भने,‘म त नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने पक्षधर हुँ । यो सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ, म अहिलेपनि यही काममा लागिरहेको छु।’



Share your thoughts!











Close in 7