क्यालेडोनियामा ७.५ म्याग्नीच्यूडको भूकम्प, सुनामीको चेतवानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 02:12:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved