भारतीय चुनावमा मोदीको भाजपाको लज्जास्पद हार, २ वटा राज्यमा १ सिट मै सिमित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 09:40:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको ५ वटा राज्यमा भएको बिधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपालाई गम्भीर धक्का लागेको छ ।  भाजपा कुनै पनि प्रदेशमा ठुलो दल बन्न सकेन भने २ प्रदेशमा केवल १ सिट मै चित्त बुझाउन बाध्य छ ।  मध्य प्रदेश, राजस्थान, तेलंगाना, छत्तिसगढ़, र मिजोरममा चुनाव भएको हो  ।पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । तर उसले अब सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ ।

२३० सिटको लागि चुनाव भएको मध्य प्रदेशमा कङ्ग्रे ११५ सिट सहित सबै भन्दा ठुलो दल बनेको छ । त्यहाँ भाजपाले १०८ सिट जितेको छ । २०० सिटको लागि चुनाव भएको राजस्थानमा पनि कग्रेस १०१ सिट सहित सबै भन्दा ठुलो दल बनेको छ भने भाजपाले ७३ सिट जितेको छ । 

त्यस्तै ११९ सिटको लागि चुनाव भएको तेलंगानामा  क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले ने सर्बाधिक ८८ सिट जितेको छ भने भाजपा १ सिट मै सिमित बनेको छ ।  ४० सिटको लागि निर्वाचन भएको मिजोरममा पनि भाजपा १ सिट मै सिमित भएको छ  । त्यहाँ मिजो नेशनल फ्रन्टले सर्बाधिक २६ सिट जितेको छ ।  छत्तीसगढमा भने ६८ सिट सहित कंग्रेस ठुलो दल बनेको छ भने भाजपाले १५ सिट जितेको छ । यहाँ ९० सिटको लागि चुनाव भएको थियो । 

यस हिसाबमा हेर्दा भाजपाले कुनै पनि प्रदेशमा सरकार बनाउन सक्ने देखिदैन ।  अन्य दलसंग सहकार्य गर्दा पनि भाजपालाई सरकार गठनको लागि आवश्यक बहुमत पुग्दैन । 

सबै प्रदेशको तथ्यांकलाई एकै स्थान राखेर हेर्ने हो भने भाजपाले कुल सिट संख्याको ३० प्रतिशत सिट पनि जित्न सकेको छैन ।  आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रूपमा हेरिएको यी पाँचवटा प्रदेशको निर्वाचन परिणामले मोदी र भाजपालाई गम्भीर धक्का लागेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved