रोनाल्डोलाई करछलीको सजाय : २ वर्षको काराबास र २ अर्ब जरिवाना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 05:36:15 PM मा प्रकाशित

laxmi  sunrise bank

युभेन्टस क्लबका पोर्चुगिष्ट स्टार क्रिस्टियानो रोनाल्डोलाई जनवरी २१ मा अदालतले सजाय सुनाउने भएको छ । उनलाई अदालतले करछलीको अभियोगमा दुई वर्षको कारावास सजाय सुनाउने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनी टोली रियाल मड्रिडमा खेल्ने क्रममा उनले करछली गरेको आरोप छ ।
रोनाल्डो आफ्नो इमेजको अधिकारबाट कमाएको पैसा लुकाएकोले वित्तीय दायित्वबाट चुकेको बताइएको छ । कारावास सजाय बाहेक रोनाल्डोले दुई अर्ब रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । उनले १३.५ मिलियन युरो जरिवाना तिरिसकेका छन् ।
कारावासको सजाय पाएपनि रोनाल्डोले जेल जानुपर्दैन किनकि स्पेनी कानून अनुसार पहिलोपटक कसूर गरेको छ भने दुई वर्षभन्दा कम समयको कारावास सजायमा कारागार जानुपर्दैन ।
रोनाल्डो स्पेनको मड्रिडमा नौ वर्ष बसेर अहिले युभेन्टसबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved