बिद्यालयमा हवाई हमला, २२ स्कुले बालबालिका सहित २८ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2016 | 12:58:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिरियाको एक बिद्यालयमा भएको हवाई हमलामा २२ स्कुले बालबालिका सहित २८ जनाको मृत्यु भएको छ । सिरियाको इदलिब प्रान्तमा भएको हमलाको बालबालिका सम्बन्धि काम गर्ने अन्तराष्ट्रिय संस्था युनिसेफले निन्दा गर्दै घटना दुखद भएको बताएको छ ।  इदलिब प्रान्त त्यहाको बिद्रोही समुहको कब्जामा रहने गरेको थियो  ।  

सीरियन एब्जभेटरी फर ह्यूमन राइट्स संस्थाले रूस वा सिरियाको युद्धक विमानले स्कुल परिसरमा हमला गरेको बताएको छ । संस्थाले स्कुलमा पटक पटक हमला भएको दाबी गरेको छ ।  यो बिद्यालयमा भएको हमला मध्ये सबै भन्दा घातक हमला भएको बताईएको छ ।सामाजिक संजालमा देखिएका तस्विरमा एक विद्यार्थीको हात कुहिनो भन्दा सम्म काटिएको देखिएको छ ।  

रूसका राजदूत वितलीले बिद्यालेमा भएको उक्त हमला धेरै भयानक भएको बताएका छन्  ।   मानवाधिकार समूहले सिरिया सरकार र उनका रुसी सहयोगिहरुले सिरियाली नागरिक माथि अन्धा धुन्ध हमला गर्ने गरेको आरोप लगाएका छन्  ।  

सिरियामा २०११ देखि सरकार बिरुद्द संघर्ष सुरु भएको हो । त्यस पछि सिरियामा ३ लाख मानिसको मृत्यु भएको छ । त्यहाको आधा जनसंख्या युद्द कै कारण बिस्थापित भएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved