अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेद्धार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 08:42:25 AM मा प्रकाशित

laxmi  sunrise bank

Republican presidential candidate Donald Trump speaks at a rally at the Fort Worth Convention Center on February 26, 2016 in Fort Worth, Texas. Trump is campaigning in Texas, days ahead of the Super Tuesday primary.

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेद्धार बनाएको छ । राष्ट्रपतिको चुनावमा उनले डेमोक्रेटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनसँग प्रतिष्पर्धा गर्नेछन्।

उनले ‘मेक अमेरिका ग्रेट अगेन’ र ‘मेक अमेरिका सेफ अगेन’ भन्ने जस्ता चुनावी नारा दिएका छन् ।  पार्टीको अधिवेशनका क्रममा रिपब्लिकन पार्टीका नेताहरुले उनका गुण र नीतिको प्रशंसा गर्नेभन्दा पनि हिलारी क्लिन्टनप्रति आक्रामक भएका थिए ।

ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनबाट बहुमत प्रतिनिधिको समर्थनमा ट्रम्प राष्ट्रपति पदका उमेदवार बनेका हुन् । इन्डियानाका गभर्नर माइक पेस उपराष्ट्रपति पदका उमेदार बन्ने भएका छन् ।

बिहीबार ट्रम्पले उम्मेदवारीको आधिकारिक रुपमा स्वीकार गर्ने कार्यक्रम रहेको छ । एक भिडियो मार्फत उनले राष्ट्रपति पदमा उमेदवार चुनिन पाउँदा गौरवान्वित भएको बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ट्रम्पले अमेरिकाको बदलावको लागि पनि आफ्नो जित आवश्यक रहेको दावी गरेको छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved