बंगलादेशको आम निर्वाचनमा १७ को मृत्यु, प्रधानमन्त्रीमा हसिनाको ह्याट्रिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 09:43:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको निर्वाचन आयोगले प्रधानमन्त्री शेख हसिनाको आवामी लिग पार्टीले आम निर्वाचनमा विजय हासिल गरेको बताएको छ। यो जित सँगै उनी तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने भएकी छन्। प्राप्त परिणाम अनुसार सत्तारुढ दलले संसदको तीनसयभन्दा बढी सिटमध्ये २८७ सिटमा विजय हासिल गरेको छ।

मुख्य विपक्षी दल न्याश्नल युनिटी फ्रन्टले ६ सिट मात्र जितेको छ। त्यो दलले आइतवार भएको चुनाव नाटक जस्तो र धाँधलीयुक्त भएको भन्दै स्वतन्त्र निकायको अधिनमा ताजा चुनाव हुनु पर्ने माग गरेको छ। विपक्षी गठबन्धनका एक नेता कमल होसेनले भने "झन्डै १०० जना उम्मेदवारले चुनाव बहिष्कार गरेका छन्। त्यसैले हामी निर्वाचन आयोगलाई नाटक जस्तो मञ्चन गरिएको निर्वाचनको परिणाम रद्द गर्न आग्रह गर्दछौँ।"

उनले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन्। तर शेख हसिनाको सरकारले ती आरोप अस्वीकार गरेको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार बांग्लादेश निर्वाचन आयोगले देशभरीबाट धाँधलीका आरोपहरू आएको र उसले त्यसबारे अनुसन्धान गर्नेछ। सत्तारुढ दल र विपक्षी दलका समर्थकबीच भएका झडपमा कम्तीमा १७ जनाको ज्यान गएको बताइएको छ।

शेख हसिनाको सत्तारुढ दल आवामी लिग सन् २००९ देखि बांग्लादेशको सरकारमा छ। विपक्षी दलहरूमध्येको एउटाले उसले भरिएको मत पेटिका प्रयोग गरेको आरोप लगाएको छ। बंगलादेश न्याश्नल पार्टीका प्रवक्ताले मतपरिणाममा अनियमितता भएको आक्षेप लगाएका छन्। 

बीबीसी सम्वाददाताले मतदान केन्द्रहरू खुल्नुपूर्व बन्दरगाह शहर चित्तगंगको मतदान केन्द्रमा मतले भरिएका बाकसहरू देखेको दाबी गरेका छन्। सो विषयमा अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। प्रधानमन्त्री हसिनाले भने विपक्षी दलहरूले एकातिर आरोपहरू लगारहेको र अर्कोतिर आफ्ना दलका नेता र सदस्यहरूमाथि आक्रमण गरिरहेको बताएकी छन्। यसो हुनु देशको दुर्भाग्य भएको उनले शुक्रवार बीबीसीलाई बताएकी थिइन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved