भारत-पाकिस्तानको भिडन्तमा गोरखा सैनिकको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2016 | 11:10:39 AM मा प्रकाशित

laxmi  sunrise bank

जम्बु-कास्मिरको नियन्त्रण रेखामा सोमबार भारत र पाकिस्तानबीच भएको भिडन्तमा गोर्खा सैनिकको मृत्यु भएको छ। पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै रजौरी र पुछ क्षेत्रमा भएको गोलाबारीमा नेपालको धरान घर भएका २० वर्षीय सैनिक जवानको मृत्यु भएको हो। 

फाइल फोटो: रोयटर्स

भारतले पाकिस्तानी पक्षबाट सीज फायर उल्लंघन भएको आरोप लगाएको भिडन्तमा राइफलम्यान बिमल तामाङको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

पाकिस्तानी सैनिकको फायरिङ र सेलिङका कारण तामाङको मृत्यु भएको भारतीय सेनाका प्रवक्ता मनिष मेहतालाई उद्‍धृत गर्दै समाचारमा जनाइएको छ। २० वर्षका तामाङको घरमा उनकी आमा मात्रै भएको समाचारमा उल्लेख छ। 

दुई महिनाअघि उरीमा भएको हमलामा १८ भारतीय सैनिकको ज्यान गएपछि हालसम्म दुई देशबीच सीमा क्षेत्रमा भिडिन्त जारी छ । भिडन्तमा दुवै देशका गरी करिब ८० जना सुरक्षाकर्मीको ज्यान गइसककेको छ ।

भारतमा गोरखा सैनिकका रुपमा हजारौँ नेपाली कार्यरत छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच चलेको सीत युद्धमा मारिने तामाङ पहिलो नेपाली हुन् ।

पाकिस्तानद्वारा संघर्ष बिरामको ताजा उल्लङ्घन भएको भारतको आरोप रहेको उक्त भिडन्तमा अन्य एक महिला र दुई सैनिक समेत घायल भएका छन। सिमा र नियन्त्रण रेखामा शान्ति बनाउनका लागि दुवै देशबीच सन २००३ मा संघर्ष बिराम सम्हौता भएको थियो।    

(अंग्रेजीमा मूल लेख पढ्नका लागि यहाँ क्लिक गर्नुहोस)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved