भारतीय प्रधानमन्त्री मोदी विश्वका १० कुख्यात अपराधीको सूचीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

modi criminal

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध सर्च इन्जिन गूगलमा अपराधिको सूचीमा राखिएको छ । गत वर्ष पनि ट्वीटरमा ह्याशट्याग सहित विश्वका १० कुख्यात अपराधीको सर्च #Top10Criminals ट्रेण्डिङ बनेको थियो ।

जुन लिष्टमा विश्वका खंखार अपराधीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि देखिपछि भारतमा खैला बैला भएको थियो । विश्वकै १० टप टेन अपराधीको सूचीमा समावेस भएपछि यसले चारैतिर चर्चा बटुलेको छ ।

मोदी विश्वकै १० मध्येका अपराधिको नाममा परेको विषय अदालतसम्म पुगेपछि यसले नयाँ मोड लिएको छ । मोदीलाई अपराधीकोरुपमा चित्रित गरिएको विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउन थालेपछि इलाहाबादको जिल्ला अदालतले आपत्ति जनाउदै गुगललाई लिगल नोटिस पठाएको छ ।

यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीमाथि उनी गुजरातको मुख्यमन्त्री हुँदा जातीय दंगालाई उक्साएको आरोप लागेको थियो । सन् २००२ मा गुजरातमा भएको दंगामा मोदीको भूमिका समेत रहेको भन्दै उनलाई कतिपयले उनलाई दोषी मान्ने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved