राष्ट्रपतिय चुनावको दिन अमेरिकामा नरसंहार गर्ने आइएसको चेतावनी, मुस्लिमलाई चुनाव बहिस्कार गर्न सुझाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2016 | 01:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

इस्लामिक स्टेट (आईएस)ले अमरीकामा हुन लागेको राष्ट्रपतीय चुनाव को दिन मतदाताहारको नरसंहार गर्ने चेतावनी दिएको छ।   संगठनले मुस्लिम समुदायलाई चुनाव बहिस्कार गर्न समेत सुझाव दिएको छ  ।

आईएसको गतिविधिहरुमाथि नजर राख्ने एक एक खुफिया साइटले यस्तो खुलासा गरेको हो । त्यस समुहका प्रमुख रिट्ज काट्जले ट्वीटरमा अल हयात मीडिया सेन्टरले एक लेखमा उक्त धम्की दिएको बताएका हुन् ।  

उनले  लेखमा ' आतंकवादी तिमीहरुको नरसंहार गर्न तथा मतपत्रका बाकस ध्वस्त  गर्न आईसकेका छन्' लेखिएको बताएका छन्।

यूएसए टुडेको रिपोर्ट अनुसार उक्त चेतावनी ७ पानामा लेखिएको छ । लेखमा लामो धार्मिक तर्कहरु दिएर यस्तो हमला सहि ठहर गर्ने कोशिस गरिएको छ । साथै इस्लाम र मुस्लिमको सम्बन्धि नीतिमा  रिपब्लिकन र डेमोक्रेटिक पार्टिमा कुनै अन्तर नभएको समत बताईएको छ।

 रिट्ज काट्जले लेखको केहि अंश आफ्नो ट्वीटरमा सार्बजनिक गर्दै उनीहरुले  चुनाव हुने दिन उनीहरुले हमला गर्ने योजना बनाएको र त्यसको संसार भारको मिडियाले प्रचार गरुन भन्ने आशय  ब्यक्त गरेको बताएका छन्।

चेतावनीपछि अमेरिकामा सुरक्षा व्यवस्था कडा बनाईएको छ भने त्यहाँको सुरक्षा एजेन्सीले कुनै पनि हमलालाई विफल पार्न आदु हरु सक्षम रहेको बताएको छ  ।

चुनाव यहि नोभेम्बर  ९ तारिखमा हुदै छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved