विमान अपहरणको प्रयास गर्नेलाई गोली हानी मारियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 08:41:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशबाट दुबईको लागि उडेको विमान अपहरण प्रयास भएको छ । बंगलादेशको सरकारी वायुसेवा कम्पनी विमान बंगलादेशको यात्रु वाहक विमान अपहरणको प्रयास भएको हो।  अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइएको  छ।

विमान उडेको केहि बेरमै एक व्यक्तिले बन्दुक देखाएर विमान अपहरण गर्न खोजेको र आफुसंग बम भएको दाबी गरेका बंगलादेशी संचार माध्यमहरुले बताएका छन् ।  ती व्यक्तिले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए।

राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए। सुरक्षाकर्मीहरूले विमानलाई घेरा हाली संदिग्ध  अपहरणकारीलाई आत्मसमर्पण गर्न भनेका थिए ।  तर उनले नमानेपछि प्रहरीले गोली हानेर उनलाई मारिदिएका छन् ।  सबै यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको विवरणहरूमा जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved