भारतले लगायो नाकाबन्दी, तरकारी र फलफूलको निर्यात रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 06:50:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत प्रशासित कश्मीरमा  ४५ भारतीयको ज्यान जाने गरि भएको हमलापछि अहिले भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएको छ । राजनीतिक रुपमा मात्र नभई यी दुई देश आर्थिक रुपमा पनि टाडिएका छन् । 

कतिपय राज्यहरुले अब पाकिस्तानसँग ब्यापार नगर्ने अडान लिएका छन् । छत्तीसगढ राज्यले घटनाको बिरोधमा पाकिस्तानलाई तरकारी निर्यात बन्द गरेको छ । उक्त राज्यले गोलभेडा, भिंडी, मेवा, खरबुजा लगायतका तरकारी र फलफुल लगायतका समान रोकेको हो । यस अघि छत्तीसगढ राज्यबाट दैनिक ४ सय टनसम्म फलफुल र तरकारी निर्यात हुने गरेको थियो । जसबाट त्यहाँका ब्यापारीले २० लाखसम्म कमाउने गरेका थिए । अब भने पूर्णपुरमा निर्यात बन्द भएको छ । अर्थात सिमामा एक प्रकारको अघोषित नाकाबन्दी जस्तै छ । यहाँका ब्यापारीहरुले बरु आफुहरु घाटा बेहोर्न वा तरकारी फाल्न तयार रहेको तर कुनै पनि हालतमा पाकिस्तानमा सामान नपठाउने अडान लिएका छन्  । त्यस्तै भुपाल राज्यका ब्यापारीहरु पनि यहि लाइनमा उभिदै निर्यात ठप्प पारेका छन्  । यसको कारण पाकिस्तानमा गोलभेडाको भाउ आकाशिएको छ  । 

फलफुल र तरकारीमा मात्र नभई भारतीय ब्यवसायीहरुले चिया, टेक्सटाइल सहितका अन्य सामानको पनि निर्यात रोकेका छन्  । यो सरकारी स्तरबाट कुनै निर्णय नभई ब्यवसायीहरुले स्वस्फुर्त रुपमा अभियान चलाएका हुन्  । 

उता भारतीय सरकारले हमला लगत्तै पाकिस्तानबाट आयात हुने हरेक बस्तुमा २ सय प्रतिशत कस्टम ड्युटी लगाएको छ  । अर्थमन्त्री अरुण जेट्लीले २ सय प्रतिशतसम्म कस्टम ड्युटी लगाएको बताएका थिए   ।  यसले गर्दा पाकिस्तानबाट भारत आयात हुने सामान पनि कम भएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved