भारतले लियो काश्मिर घटनाको बदला, पाकिस्तानमा छिरेर बर्सायाे बम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 11:37:01 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले पाकिस्तानी भुमिमा हमला गरेको छ। मंगलबार बिहान ३:३० बजे भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै पाकिस्तानी भुमिमा बम खसालेको हो । विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको भारतीय संचार माध्यमहरुले जनाएका छन्   ।

ति बिमानहरुले बालकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको बताईएको छ  । भारतले त्यस क्षेत्रमा हजार किलो बल खसालेको हो  ।

भारतले यसबारे केही बोलेको छैन तर पाकिस्तानले भने भारतीय सेनाले आफ्नो भुमिमा प्रवेश गरेर आक्रमण गरेको पुष्टि गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीट गरेका छन्, ‘भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गर्‍यो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारवाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । यसमा कुनै मानवीय वा भौतिक क्षति भएन ।’

भारतले १९७१ को युद्दपछि पहिलो पटक नियन्त्रण रेखा पार गरेको हो  । कश्मिरमा ४० जना भारतीय सैनिकको ज्यान जाने गरी हमला भएपछि भारतले त्यसको जवाफ दिएको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved