भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2019 | 02:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले भारतले गरेको हवाइ आक्रमणको उचित जवाफ दिने चेतावनी दिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले स्व–रक्षाको अधिकार पाकिस्तानसँग रहेको भन्दै भारतीय हवाई आक्रमणको जवाफ दिने बताएका हुन् ।

उनले भारतले नियन्त्रण रेखा पार गर्दै गरेको आक्रमणको जवाफ दिने अधिकार पाकिस्तानसँग भएको र सोही अधिकार प्रयोग गर्दै जवाफ दिने बताएका हुन् । ‘यो नियन्त्रण रेखाका उल्लंघन हो। भारतले यसको उचित जवाफ पाउने छ’ उनले भने ।

यसअघि भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखले पत्रकार सम्मेलन गर्दै भारतले अतिवादी लडाकु समूह जैस ए मोहम्मदको शिविरमा आक्रमण गरेको बताएका थिए । भारतीय सञ्चार माध्यमहरुले यसअघि १० वटा लडाकु बिमानले पाकिस्तानको बालाकोटस्थित प्रशिक्षण शिविरमा आक्रमण गरेको जनाएको थियो ।

यसै महिनाको १४ तारिखमा भारत प्रशासित जम्मु तथा कस्मिरमा भारतीय अर्ध सैनिक बल चढेको गाडीलाई लक्षित गरि भएको आत्मघाती बम विष्फोटमा ४० जवानको मृत्यु भएको थियो । सो आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय रहेको समूह जैस ए मोहम्मद समूहले लिएको थियो ।

भारतले भने पाकिस्तानले नै आक्रमण गरेको बताएपनि पाकिस्तानले भारतको खण्डन गरेको थियो । यसरी सम्बन्ध चिसिरहेका बेला मंगलबार विहान भारतीय सेनाले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि विवाद अझ उत्कर्षमा पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved