अमेरिकी राष्ट्रपति चुनावको लागि अन्तरिक्षबाटै मतदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 12:25:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अमरीकामा राष्ट्रपति चुनावको मतदान नेपाली समय अनुसार मंगलबार राति देखि सुरु हुदै छ । तर चुनावको पहिलो भोट भने जमिनबाट नभई अंतरिक्षमा रहेको अंतरिक्षयानबाट खसेको  छ । नासाका अंतरिक्ष यात्री शेन किम्ब्रोले अंतरिक्षमा रहेको अंतरिक्षयान बाट भोट गरेका हुन्। 

नासाले किम्ब्रोले मतदान गरेको पुष्टि गर्दै उनले लामो समय देखि चल्दै आएको अंतरिक्षबाट मत हाल्ने परम्परालाई निरन्तरता दिएको बताएको छ ।  किम्ब्रो  रसियाली रकेटमा    सवार भएर १९ अक्टोबरमा अंतरिक्षमा रहेको आईएसएसको लागि प्रस्थान गरेका थिए। उनीहरु ४ महिनाका लागि त्यहाँ रहने छन् । सन् १९९७ देखि नै टेक्सासको कानुन अनुसार अमरीकी अंतरिक्षयात्रीहरु अंतरिक्षबाट नै मतदान गर्दै आएका छन् । 

किम्ब्रोको भोट कसरि धरतीसम्म आईपुग्यो र उनले कसलाई भोट गरे भन्ने बारे केहि खुलाईएको छैन । 

अमेरेकी राष्ट्रपति चुनावमा ३० करोड मतदाता छन् र जितको लागि ५ सय ३८ मध्ये २ सय ७० मत आवश्यक पर्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved