पाकिस्तानले खसाल्यो २ भारतीय लडाकु विमान, चालक पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 27, 2019 | 01:06:43 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्। उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ। पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे।

    भारतीय सञ्चारमाध्यमहरूले भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्। कश्मीरमा आत्मघाती विस्फोटन गराउने लडाकु समूह जैश-ए-मोहम्मदको शिविर रहेको भन्दै मङ्गलवार भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।

    सो आक्रमणमा लडाकुहरूको शिविर ध्वस्त भएको र धेरै जना मारिएको भारतको दाबी छ। फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ। भारतीय सुरक्षाकर्मीहरूलाई लक्ष्य गरिएको सो आक्रमणमा पाकिस्तान संलग्न भएको आरोप भारतको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्ने गरेको छ।

    सअघि विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानी वायुसेनाले आफ्नो आकाशभित्रै रहेर भारत-पाकिस्तान नियन्त्रणरेखापारि बम हानेको बताएका थिए। तर यो भारतले मङ्गलवार गरेको आक्रमणको प्रत्युत्तर नभएको र त्यसैले धनजनको क्षति नहुनेगरी गैरसैनिक क्षेत्रमा कारबाही गरिएको मोहम्मद फैसलले बताए।

    समाचारसंस्था पीटीआई र रोयटर्सका अनुसार पाकिस्तानी विमान भारतीय आकाशमा प्रवेश गरेका हुन्। ती विमानहरू जम्मू-कश्मीरको राजौरी क्षेत्रमा छिरेको बताइएको छ।पीटीआईका अनुसार भारतीय विमानहरूले पाकिस्तानी विमानहरूलाई भाग्न बाध्य पारिदिएका थिए। 

    सन् १९४७ मा विभाजन भएपछि पाकिस्तान र भारतले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्। कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ। 

    Share Your Thoughts

    Recent News

    Main News

    TRENDING

    Close in 7


    Bizpati.com © 2020. All Rights Reserved