जसले काश्मिर विवाद समाधान गर्छ उहीनै नाेबेल शान्ति पुरस्कारको हकदार: इमरान खान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2019 | 10:03:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन। काश्मिरका जनताहरुको चाहनाअनुसार कास्मिर समस्याको समाधान गर्ने ब्यक्ती मात्र नोबेल शान्ति पुरस्कारको योग्य हुने उनले बताएका छन। 

“म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले कश्मीरका नागरिकको इच्छाअनुसार कश्मीर विवादको अन्त्य गराउनेछ ।” उनले सामाजिक संजाल मार्फत आफ्नो धारणा बाहिर ल्याएका छन। 

पाकिस्तानमा आक्रमण गर्न गएका भारतका बिमान चालकलाई नियन्त्रणमा लिई सकुशल भारतलाई फिर्ता गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने अभियान चलाइएको इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने मागको पक्षमा झण्डै तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन्।    

अनपेक्षित र प्रशंसनीय भूमिका खेलेको भन्दै पाकिस्तानका नागरिकले इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नु पर्ने मागसहितको अभियान चलाएका हुन। देशभरि चलाइएको हस्ताक्षर अभियान र दबाबअनुसार पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसदमा प्रस्ताव पनि दर्ता गराएका छन् ।

पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका चालक अभिनन्दन वर्तमानलाई उहाँकै देशमा फिर्ता पठाएपछि विश्वव्यापीरुपमा प्रधानमन्त्री इमरानको प्रशंसा भएको छ । 

भारत प्रशासित कश्मीरको पुलवामामा फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको छ। भारतले उक्त हमलाको जिम्मा पाकिस्तानी भुमिमा बसेर आफ्नो गतिबिधी संचालन गर्दै आएको जैश–ए–मोहम्मदको हात रहेको बताउँदै आएको छ। भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको आरोप लगाउदै आएको छ।   

आफ्नो दाबी अनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो । 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved