बिश्वकै ३० मध्ये २२ प्रदुषित शहर भारतमा, काठमाडौँको स्थान कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 12:58:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका दश प्रदुषित शहरहरुको सुचिमा भारतका मात्रै ७ वटा शहर परेका छन। भर्खरै मात्र जारि एक प्रतिबेदनकाअनुसार बिगतमा प्रदुषित शहरहरुको यो सुचिमा चीन रहेकोमा अहिले त्यसको स्थान भारतले ओगटेको हो। 

भारतको राजधानी नयाँ दिल्ली नजिकको गुरुग्राम नामको शहर विश्वकै प्रदुषित सहरको पहिलो स्थानमा परेको छ। ग्रिनपिस एण्ड एयरभिजुअलकाअनुसार उक्त शहरको औषत बायु गुणस्तर १३५.८ पीएच छ। यो भनेको अमेरिकाको वातावरण संरक्षण एजेन्सीले कायम गरेको प्रदुषित शहरको मापनमा तीन गुणाले बढी हो। 

प्रतिबेदनमा प्रदुषित शहरकै कारण बर्षेनी लाखौं मानिसले अकालमा ज्यान गुमाउने गर्छन। प्रदुषणकै कारण आउँदो बर्ष बिश्वभर करिब ७० लाख मानिसहरुले अकालमा ज्यान गुमाउने प्रक्षेपण समेत गरिएको छ। 

'बायु प्रदुषणले हाम्रो जीवन र भविष्य नै लुटेको छ' ग्रिनपिस दक्षिण एसियाका एक्जुएटिभ निर्देशक् एब सानोले बताए, 'प्रदुषणकै कारण बर्षेनी २२५ बिलियन अमेरिकी डलर श्रम, स्वास्थ्य र उपचारमा खर्च भएको छ।'

प्रतिबेदनले दक्षिण एसियाका शहरहरु बढी प्रदुषित भएको देखाएको छ। बढी प्रदुषित २० शहरको सुचिमा १८ वटा मात्रै दक्षिण एसियाका शहर परेका छन। जसमा भारत, पाकिस्तान र बंगलादेश रहेका छन। गत बर्ष पाकिस्तानको लाहोर, भारतको दिल्ली र बंगलादेशको ढाका धेरै प्रदुषित शहरको सुचिमा क्रमश १० औं, एघारौँ र १७ औं नम्बर मा छन।

विश्वका प्रदुषित शहरहरुको ३००० को सुचिमा अधिकांश शहर चीनका परेपनि चीनले गत बर्षको तुलनामा आफ्नो स्तर सुधार गर्दै लगेको प्रतिबेदनमा उल्लेख छ।  

त्यस्तै प्रदुषित शहरहरुको सुचिमा नेपालको राजधानी काठमाडौं १०० औं स्थानमा र बिरेन्द्रनगर २२१ औं स्थानमा परेको छ। सार्वजनिक प्रतिबेदनकाअनुसार नेपालका शहरहरु दक्षिण एशियाका अन्य मुलुकहरुको शहरको तुलनामा केहि सफा देखिएका छन। काठमाडौंको बायु गुणस्तर इन्डेक्स पीएम २.५ रहेको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved