मोदीले लगाए एक हजार र पाँच सयको नोट प्रयोगमा प्रतिबन्ध, नेपालमा कस्तो प्रभाब पर्ला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 10:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा आज राति १२ बजेदेखि ५ सय र हजारका नोट कारोबार बन्द हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय नागरिकहरुलाई सम्बोधन गर्ने क्रममा मंगलबार राति देखि भारतमा भारु ५ सय र हजारको नोट नचल्ने ऐतिहासिक घोषणा गरेका हुन। 

सम्बोधनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पूराना नोटलाई पचास दिनभित्र बैंकमा जम्मा गर्न समेत समय तोकेका छन्। भारू ५ सय र हजारका नोट १० नोभेम्बरदेखि ३० डिसेम्बरसम्म बैंकमा जम्मा गर्न पाउने मोदीले सम्बोधनको क्रममा बताएका छन। साथै प्रमुख हुलाक कार्यालयमा पनि यी नोट साट्ने अवसर हुने उनले घोषणा गरेका छन।  

भारतीय सरकारले यी नोटलाई बैंक र डाकघरमा जम्मा गराउने सुविधा दिइएको छ । मोदीले कालो धन र भ्रष्टाचारविरुद्धको सरकारको यो कदममा देशका सबै जनतालाई साथ दिन पनि अपिल गरेका छन्।  

प्रयोगमा ल्याउन लागिएको नयाँ भारु ५ सय

कालो धन नियन्त्रण र नक्कली नोट बिरुद्द यस्तो निर्णय लिइएको बताउदै मोदीले यसको प्रभाबको सामना गर्न भारतीय तयार रहेको बताए। त्यस्तै प्रधानमन्त्री मोदीले लिएको निर्णयलाई स्वागत गर्दै एसआईटीका चेयरम्यान जस्टिस एमबी शाहले कर छलेर सम्पति जम्मा गर्नेहरु यस निर्णयबाट ठुलो नोक्सानीमा पर्ने बताए । 

प्रधानमन्त्री नरेन्द्र मोदीले पूरानो नोट अस्पताल र पेट्रोल पम्पमा ११ नोभेम्बरसम्म चल्ने बताएका छन। यसै प्रकार रेलवे टिकट बुकिङ काउन्टरमा समेत यो पुरानो नोट नोभेम्बर ११ सम्म चल्ने बताए। आउने दिनहरुमा भारतमा २ हजार र ५ सयका नयाँ नोट चल्ने उनले भारतीय नागरिकलाई बिश्वास दिलाएका छन। 

प्रयोगमा ल्याउन लागिएको भारु २००० को नोट

भारतमा बढ्दो कालोधनलाई नियन्त्रणका लागि पनि यो कठोर निर्णय लिइएको प्रधानमन्त्री मोदीले भारतीय जनतालाई सम्बोधनको क्रममा बताएका छन।

नेपालमा कस्तो प्रभाब ?
भारतीय प्रधानमन्त्री मोदीको यो कठोर निर्णयले भारतीय नागरिकको मात्रै नभई नेपाली नागरिकमा समेत असहजता हुने निश्चित छ। नेपाली बजारमा भारु ५ सय र हजारका नोटहरु ठुलो मात्रामा प्रयोग हुँदै आएका छन।  

यो कदमले नेपाली अर्थबजार पनि प्रभावित हु्ने भएको छ । नेपालको सीमाक्षेत्रका सहर बजारदेखि गाउँ तथा राजधानी काठमाडौंमा पनि भारतीय पाँच सय र हजारका नोट प्रयोग गर्ने गरिएको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले कस्तो निर्णय लिने छ भन्ने कुरा राष्ट्र बैंकले केहि जनाएको छैन। 

भारतमा भारु ५ सय र हजारका नोट फिर्ता गर्न १० नोभेम्बर देखि ३० डिसेम्बर अर्थात करिब ५० दिनको समय तोकिएको छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले नेपाली जनताहरुलाई भारु ५ सय र हजारका नोट फिर्ता गर्न कति दिनको समय दिने भन्ने औपचारिक घोषणा नगरेपनि १५ दिन सम्मको अवधि दिन सक्ने अनुमान गरिएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको समय अवधिमा भारु ५ सय र हजारका नोट फिर्ता नगरे त्यसपछिका दिनहरुमा यी नोटहरु कागजको खोष्टा बन्ने छन। तसर्थ राष्ट्र बैंकले नेपालका सहरी क्षेत्रमा मात्र नभई दुर दराजका जिल्ला तथा गाउँहरुबाट समेत भारू ५ सय र हजारका नोट फिर्ता गर्ने बातावरण मिलाउन कन्जुस्याइँ गर्नु हुँदैन।  
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved