को बन्ला राष्ट्रपति ? क्लिन्टन भन्दा ट्रम्प अगाडी (हेर्नुहोस लाइभ नतिजा )

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2016 | 09:27:28 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व भर महत्त्वका साथ् हेरिएको  नयाँ राष्ट्रपतिका लागि मेरिकामा नयाँ राष्ट्रपति चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ। पछिल्लो नतिजा अनुसार डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्पबिच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

अहिले सम्म कुनै आश्चर्य लाग्ने नतिजा भने सार्वजनिक भएको छैन। यद्दपी डोनाल्ड ट्रंप रिपब्लिकनको गड मानिएको इण्डियाना, अलबामा, केन्टकी, वेष्ट भर्जिनिया, टेनिसी र दक्षिण क्यारोलाइनामा जित तर्फ उन्मुख देखिएका छन्। 

त्यस्स्तई हिलारी क्लिन्टन डेमोक्रेटिकको प्रमुख क्षेत्र वरमान्ट, डेलवयर, मेरील्याण्ड, मैसाच्युसेट्स र न्यु जर्सीमा बिजयी बन्ने लगभग पक्का पक्कि देकिएको छ। 

चुनाबी नतिजालाई प्रभाब पार्ने क्षमता राख्ने दुई मुख्य राज्य नर्थ क्यारोलाइना र ओहायोमा मतदान सम्पन्न भएको छ तर अहिलेसम्म त्यहाँको नतिजा भने बाहिर आएको छैन। यसका साथै भर्जिनियामा एक्जिट पोल प्रतिस्पर्धामा दुवै प्रतिदंधीविच टक्कर देखिएको छ । 

राष्ट्रपतिमा चुनिनका लागि दुई सय ७० इलेक्ट्रोल मत चाहिन्छ । अहिलेसम्म २५ राज्यको नतिजा आएकोमा क्लिन्टनले १०९  र  ट्रम्पले १६८  इलेक्ट्रोल पाएका छन् । पपुलर मतमा अहिलेसम्म ट्रम्प नै अगाडि छन् । 

यस्तै सिटेन र हाउस अफ रिप्रिजेन्टेटिभमा पनि रिपब्लिकन पार्टीको अग्रता छ । झण्डै चार करोड ६० लाख मतदाताले अर्ली भोटिङ अन्तर्गत मतदानको दिन भन्दा अघि नै मत दिएका छन् ।

मतदानको दिन धेरै अमेरिकीले लाइनमा बसेर मत दिएका छन् । राष्ट्रपतिय चुनावको मत परिणाम नेपाली समय अनुसार बुधबार बिहान ११ बजेसम्म आउने अपेक्षा गरिएको छ । मतदानको केही अघि सार्वजनिक भएका सर्वेक्षणमा हिलारी क्लिन्टन भन्दा ट्रंप अघि देखिएका छन। 

 लाइभ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved