दुर्घटना बढेपछि बोइङको विमान उडाउन प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 01:46:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । 

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गत वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । उक्त विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै मृत्यु भएको थियो । सिंगापुर नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सिंगापुरको आकाशमा बोइङ ७३७ म्याक्स मोडेलका विमानहरुमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको जनाइएको छ । 

चीन, इथियोपिया समेतका विश्वका कतिपय देशले यो मोडेलको विमानमाथि प्रतिबन्ध लगाएका छन् । विमानको पूर्ण प्राविधिक परीक्षण भएर सुरक्षित छ भन्ने विश्वास भएपछि मात्र उडान गर्नुपर्ने दबाब बोइङ कम्पनीमाथि परेको छ । बोइङले समेत विमानमा कुनै प्राविधिक समस्या देखिए त्यसलाई सुल्झाउन भरमग्दूर प्रयास गरिने स्पष्ट गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved