यस्तो छ डोनल्ड ट्रम्पको जीवनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2016 | 04:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

डोनल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो। उनी न्यूयोर्कमैं हुर्किएका थिए।

उनले आफ्नो परिवारको व्यापार र धन-सम्पत्तिलाई ब्रुकलीन र क्वीन्सबाट म्यानहाटनमा सारेका थिए। चमक-धमकपूर्ण म्यानहाटनकै फिफ्थ् एभेन्युमा ट्रम्प टावर रहेको छ।

उनले होटेल र क्यासिनोहरुमा गरेको लगानी एकताका डुब्ने अवस्थामा समेत पुगेको थियो।

फोर्ब्स म्यागाजीनका अनुसार उनीसँग ३.७ अर्ब डलर बराबरको धन-सम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धन-सम्पत्ति भएको दावी गर्दै आएका छन्।

टेलिभिजन

‘दी एप्रेन्टीस’ नाम गरेको कार्यक्रम चलाएर ट्रम्प अमेरीकी टेलिभिजनका एक परिचित अनुहार बनेका थिए। सत्तरी वर्षिय ट्रम्पकी वर्तमान श्रीमती मोडल मेलनीया नस हुन्। राष्ट्रपतिको चुनावमा होमिएपछि ट्रम्पले निकै उत्तेजनात्मक प्रकृतिको प्रचार-प्रसार शैली अपनाएका थिए।

त्यसक्रममा उनले अमेरिकी अर्थतन्त्रलाई सुदृढ तुल्याउने, मेक्सीकोसँगको सिमानामा पर्खाल ठड्याउने र मुसलमान समुदायलाई अस्थायीरुपमा अमेरिका प्रवेश निषेध गर्ने प्रतिज्ञा गरेका थिए।

अहिले सत्तरी वर्ष पुगेका ट्रम्पको तीन पटक विवाह भइसकेको छ। उनकी वर्तमान श्रीमती एक मोडल, मेलनीया नस हुन्।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved