चीनद्वारा नेपालबाट विमान ‘हाइज्याक’ गरेका अजहरलाई आतंककारी मान्न अस्विकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 12:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जैश ए मोहम्मदका प्रमुख मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिकासहितका देशको प्रस्तावमा चीनले असहमति जनाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा विशेषाधिकार प्रयोग गर्दै चीनले पर्याप्त प्रमाण नभई निर्णय लिन नहुने जनाएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका, बेलायत र फ्रान्सको प्रस्तावमा चीनले प्रमाण नभइ निर्णय लिन नहुने तर्क अघि सारेको हो । चीनले यसअघि पनि मसूदलाई आतंकवादी घोषणा गर्ने अन्य देशको प्रस्ताव तीन पटक अस्वीकार गरिसकेको छ ।

गत फेब्रुअरी १४ मा भारत प्रशासित कास्मिरको पुलवामामा ४४ जना सुरक्षाकर्मीको ज्यान जान गरी भएको आत्मघाती आक्रमणमा जैश ए मोहम्मदको हात रहेको भारतको आरोप छ । मोहम्मदको संगठनले पनि यसको जिम्मा लिईसकेको छ ।

यही सैन्य ग्रुपले सन् १९९९ को डिसेम्बर २४ मा एउटा भारतीय विमान नेपालको राजधानी काठमाण्डौँबाट अपहरण गरेर कान्दाहार पुर्‍याइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved