विमान दुर्घटनापछि बोइङको शेयर मूल्यमा भारी गिरावट, ३ दिनमा लगानीकर्ताले गुमाए २७ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 02:12:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी विमान निर्माता कम्पनी बोइङको ७३७ म्याक्स दुर्घटनामा भएपछि कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । कम्पनीको उक्त मोडलको बिमान इथियोपियामा दुर्घटनामा भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको थियो ।

दुर्घटना भएपछि हालसम्म कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । आइतबार दुर्घटना हुँदा शेयर बजार बन्द थियो, तर सोमबार बजार खुले लगत्तै कम्पनीको मूल्यमा भारी गिरावट आयो । शुक्रबार ४ सय २२ डलर ४२ सेन्टमा बन्द भएको कम्पनीको मूल्य सोमबार बजार खुल्दा पहिलो कारोबार नै ३ सय ७१ डलर ४० सेन्टमा कारोबार भयो । 

त्यसपछि कम्पनीको शेयर मूल्य केहि सम्हालिएको थियो । तर कम्पनी स्वयंले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण जहाजहरूमा उडान रोक लगाएपछि बुधबार पुन कम्पनीको शेयर मूल्यमा भारी गिरावट आयो ।  तर बजार बन्द हुँदा भने शेयर मूल्य केहि बढेर बन्द भएको छ  ।  

यद्यपि विमान दुर्घटना भएपछि हालसम्म कम्पनीको शेयर पुँजीकरण २५ बिलियन डलर भन्दा बढीले घटेको छ  । यो २७ खर्ब ७६ अर्ब नेपाली रुपियाँ बराबर हुन् आउंछ  । अर्थात् विमान दुर्घटनापछि लगानीकर्ताले २७ खर्ब बढी रकम गुमाएका छन्  । 

दुर्घटना लगत्तै विभिन्न देशहरुले उक्त मोडलको विमानमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि मूल्यमा गिरावट आएको हो  । ५ महिनाको अवधिमा उक्त मोडलको विमान दोस्रो पटक दुर्घटनामा परेको हो  । गत अक्टोबरमा लायन एयरको सोहि मोडलको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो  ।  दुवै दुर्घटनामा विमान उडेको केहि मिनेट मै दुर्घटनामा परेको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved