ट्रंम्प र मोदी: दुई नेता उस्तै कहानी, पढ्नुहोस ५ रोचक तथ्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2016 | 01:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा डोनाल्ड ट्रंपको जितले बिश्वलाई सोच्न बाध्य बनाएको छ। इतिहासलाई मूल्यांकन गरेर जनताले वर्तमानमा निर्णय गर्छन भन्ने यथार्थलाई समेत 'झुट' साबित गर्दै त्यहाँका जनताले अमेरिकाको ४५ औ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने जिम्मा ट्रंपलाई दिने निर्णय गरिसकेका छन्। 

भारतमा नरेन्द्र मोदी र अमरिकामा ट्रंपको उदयले राजनीतिमा कठोर निर्णय गर्ने र हरेक परिस्थितिलाई कडा टक्कर दिने व्यक्ति नै जनताको रोजाईमा पर्ने पुष्टि गरेको छ।  

सर्वसाधारण जनताको धारणा र बिज्ञहरुको अनुमान पुरै 'गलत' साबित भएका छन। गैर पारम्परिक तरिकाबाट नै जित सुनिस्चित हुन्छ भन्ने तथ्य बलियो बन्दै गएको छ। 

करिब साढे २ बर्ष अगाडी भारतमा समेत यस्तै भएको थियो जुन अहिले अमेरिकामा भएको छ। हाल प्रधानमन्त्री रहेका नरेन्द्र मोदीले पहिले आफ्नो पार्टीको दाबेदारलाई किनारा गरे र फेरी दिल्लीमा आफ्नो बिरोधिलाई पाखा लगाए। 

ट्रंपले समेत केहि यस्तै गरेर विश्वलाई आश्चर्यमा पारेका छन। पहिले टेड क्रिज र मारको रुबियोलाई हराएर राष्ट्रपति पदको उम्मेदवार बने फेरी राजनीतिमा आफु भन्दा धेरै अनुभवी हिलारी क्विन्टललाई पाखा लगाउदै अमेरिकाको ४५ औ राष्ट्रपति समेत बने। 

यी दुई नेताहरुको कहानीमा देखिएका केहि समानता 

बाहिरी, सबैमा भारी 
गुजरातदेखि दिल्ली पुग्ने बाटो पर्खिरहेका नरेन्द्र मोदीलाई आफ्नै पार्टीमा ठुलो बिरोधको सामना गर्नु पर्यो। लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी जस्ता वरिष्ट नेताहरुलाई र उनका शुभचिन्तकहरुले मोदीलाई समस्यामा राख्ने भरपुर प्रयास गरे। यद्दपी मोदी अघि बढ्दै गए। 

ठिक यसै गरि डोनाल्ड ट्रंपले समेत यसरि नै राष्ट्रपतिको यात्रा तय गरे। ट्रंपलाई चुनौती दिनेमा मारको रुबियो, टेड क्रुज, क्रीस कृष्टि र बेन कार्सन जस्ता नाम सामेल थिए। निर्णायक लडाईमा उनि आखिरकार टेड क्रुजसंग लडेर र जिते पनि। 

स्टाइल, थोरै अलग
नरेन्द्र मोदी हुन या दोनाल्ड ट्रंप, दुवैको चुनावी अभियान आक्रामक तरिकाबाट अघि बढ्यो र निकै विवादित समेत रह्यो। चुनाबी अभियानको दौरान बोल्ने क्रममा मोदी आक्रामक भएर बोल्नबाट कहिल्यै चुकेनन। 

उनले काँग्रेसमाथि आक्रमण गर्नका लागि बनाएको 'आमा-छोराको सरकार' को नारा धेरै चर्चित रह्यो। त्यस्तै ट्रंपले आफ्ना बिरोधिलाई 'क्रुक्ड हिलेरी ' को नाम दिए। 

दुवै नेताहरुले डोर टु डोर अभियान बिपरित बिशाल र्यालीलाई बढी प्राथमिकता दिए र सफल भए पनि।   

बिगतका 'भुत' 
लोकसेवा चुनाबका दौरान जब नरेन्द्र मोदी बिरोधिमाथि आक्रामक हुँदै थिए तब विपक्ष बिगतका घटनाहरुलाई लिएर मोदीलाई निशाना साँधे। 'गुजरात दंगाका आरोपित' बनाइएर मोदीलाई सार्वजनीक रुपमा प्रस्तुत गरियो। साथै बिरोधिहरुले एक महिलाको जासुसी मुद्दालाई समेत जोड दिए। 

बिगतलाई जोडेर ट्रंप बिरुद्द विपक्षले धेरै आक्रमण गरे। कयौं महिलाहरुसंग अनैतिक सम्बन्ध बनाएको घटना बाहिर ल्याइयो। कयौं महिलाहरुले ट्रंपलाई आरोप लगाए। हिलारीले समेत कयौं समेत असफल आक्रमण गरिन। 


एक्लो दौड 
भारत र अमेरिकाको इतिहासमा सायद पहिलो पटक यस्तो भयो जहा एक नेताले एक्लो दममा सबैलाई पछारे। भाषण दिने तरिकामा होस् या हरेक मोर्चालाई सम्बोधन गर्ने क्रममा होस आफ्ना हरेक बिरोधिहरुलाई आश्चर्य बनाए। मोदी र ट्रंप दुवैले राजनीतिमा धेरै अनुभब भएका प्रतिद्वन्द्वीलाई स्तब्ध बनाए। 

बिरोधि घेराउमा राख्न लागि रहे तर ट्रंपले आफ्नो बलमा पार्टीका साथीहरुलाई मात्र हराएनन बरु अभियानमा हिलारी भन्दा कम खर्च गरेर पनि जित हासिल गरे। 

  
तिखो आरोप
लोकसभा चुनाबमा नरेन्द्र मोदी र अमेरिकी चुनाबमा डोनाल्ड ट्रंप दुवैको भाषणले धेरै चर्चा बटुले। आक्रामक बन्दै बिरोधिहरुलाई संघिन आरोप लगाउन समेत पछी परेनन। आफ्ना भोटरहरुको ध्यान खिच्न समेत कुनै कसर बाँकी राखेनन्। 

दुवैले मिडियालाई जोडदार आरोप लगाए। बोल्ने तरिकामा आक्रामक पनि देखिए र दुवैले जितेर नयाँ इतिहास बनाए। जितपछिको सम्बोधनमा दुवै नेता उत्तिकै सन्तुलित देखिए। 


बिबिसी संवाददाता भरत शर्माको लेख नेपालीमा अनुबाद

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved