स्लोभाकियामा पहिलोपटक महिला राष्ट्रपति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 12:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन देश स्लोभाकियाको राष्ट्रपतिमा जुजाना क्यापुटोभा निर्वाचित भएकी छिन् । मध्य युरोपको भूपरिवेष्ठित राष्ट्रले पहिलो पटक महिला राष्ट्रपति पाएको हो । भ्रष्टाचार विरोधी उम्मेदवार क्यापुटोभाले सत्तासीन पार्टीका मारोस सेफकोभिकलाई दोस्रो राउण्डको रनअफ भोटमा पराजित गरेकी हुन् । 

स्लोभाकियामा खोज पत्रकार जन कुइयाकको हत्यापछि क्यापुटोभाले राष्ट्रपतिमा उम्मेद्धारी दिने घोषणा गरेकी थिइन् । ती पत्रकारले राजनीतिज्ञ र संगठित अपराधबीच सम्बन्ध रहेको भन्दै समाचार लेखेपछि गत फेब्रुअरी २०१८ मा उनकी पत्नीसँगै गोली हानेर हत्या गरिएको थियो । 

निर्वाचनमा क्यापुटोभाले ५८ प्रतिशत मत ल्याउँएकी छिन् । उनका प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved