आइएसको क्रुरता: ४० जनालाई बिजुलीको पोलमा झुण्डयाएको खुलासा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2016 | 08:39:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले ४० जनालाई बिजुलीको पोलमा झुण्डयाएर हत्या गरेको खुलेको छ ।

संयुक्त राष्ट्रसंघले इराकको मोसुलमा यस्तो गरिएको भेटिएको बताएको छ । आइएसले गएको मंगलबार मोसुलमा देशद्रोहको आरोपमा ४० जना नागरिकको गोली हानी हत्या गरेको राष्ट्रसंघले जनाएको छ । आइएसले ति नागरिकका शवलाई मोसुलका विभिन्न क्षेत्रमा बिजुलीको खम्बामा झुण्ड्याएको विभिन्न स्रोतलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले जनाएको छ । 

आइएसले हत्या गरेका ४० नागरिक देशद्रोही र इराकी सेनाका एजेन्ट रहेको आरोप लगाएको छ । यस्तै आइएसका लडाकुले मोसुलको मध्य क्षेत्रमा एक व्यक्तिलाई मोवाइल फोन प्रयोग गरेको भन्दै गोली हानी हत्या गरेका छन् । आइएसले मोवाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । इराकी सेनाले आइएसको कब्जामा रहेको मोसुल आफ्नो नियन्त्रणमा लिने प्रयास गरिहेको छ ।

यस्तै बुधबार बेलुका पनि मोसुलको घाबट सैन्य अड्डामा २० नागरिकको गोली हानी हत्या गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved