पाकिस्तानमा बम बिष्फोट, कम्तिमा ३० जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2016 | 09:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बलुचिस्तानको एक सुफी मुस्लीम दरगाहमा बम बिष्फोट भएको छ। उक्त बिष्फोटमा कम्तिमा ३० जना मारिएको र ७० भन्दा बढी नागरिक घाइते भएको पाकिस्तानी मिडियाले जनाएका छन। 

उक्त बम बिष्फोट कुजदार जिल्ला भन्दा धेरै परको क्षेत्रमा भएकाले उद्धार टोलीलाई सो क्षेत्रमा पुग्न समय लाग्ने बताइएको छ। शाही नुरानी दरगाहमा एक प्रकारको 'नृत्य' चलिरहेको समयमा बम बिष्फोट भएको जनाइएको छ। 

पाकिस्तानमा सुफी आस्थामा बिश्वास गर्ने मानिसहरुको संख्या लाख बराबर रहेको तर त्यहाँका चरमपन्थी यसको चर्को बिरोध गर्दै आएका छन। स्थानीय अधिकारीका अनुसार बिष्फोटमा घाइतेहरुलाई कराची अस्पतालमा उपचारका लागि लागिएको छ। 

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आक्रमणको आलोचना गर्दै उद्धार तथा राहत दलहरुलाई काममा खटिन निर्देशन दिएका छन। यस बर्ष चरमपन्थीहरुले सर्वसाधारणहरुलाई निशाना बनाउदै कयौ बम आक्रमण गर्दै आएका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved