ट्रम्पको नीति लागू गर्ने अमेरिकी आन्तरिक सुरक्षा मन्त्रीद्धारा राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 01:46:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको आन्तरिक सुरक्षा मन्त्री क्रिष्ट्जेन निल्सनले राजीनामा दिएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद सीमा नीति लागू गरेकी ४६ वर्षिय निल्सनले आइतवार अचानक राजीनामा दिएकी हुन् । मेक्सिकोसँगको सीमामा आप्रवासीहरुको आउने क्रम बढिरहेकै बेलामा उनको राजीनामा आएको छ । उनी बुधवारसम्म पदमा रहने छिन् ।

राजीनामा दिनुको कारण अहिलेसम्म खुलेको छैन । ट्रम्पले मागेपछि उनले राजीनामा दिएको भनेर एक शीर्ष अधिकारीको भनाइ उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । ट्रम्पसँग उनको त्यति सम्बन्ध सुमधुर छैन भन्ने सुनिए पनि निल्सनले सार्वजनिक रुपमा ट्रम्प प्रशासनको विरोध भने गरेको पाइएको छैन ।

आफ्नो कार्यकाललाई उनले जीवनभरको सम्मान भनेकी छन् । ट्रम्प सरकारको विवादास्पद सीमा नीतिको बचाउ गरेको भन्दै निल्सनले आलोचना खेप्दै आएकी थिइन् । ट्रम्पले पनि निलसन अस्थायी रुपमा जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् ।

निल्सनको स्थानमा सीमा शुल्क तथा सीमा सुरक्षा आयुक्त केविन म्याकलेनन नियुक्त गरिएको ट्वीटमा ट्रम्पले भनेका छन् । कार्यभार सम्हालेको १६ महीनापछि निल्सनको राजीनामा आएको हो । निल्सन जनवरी २०१७ देखि ट्रम्प प्रशासनमा सामेल भएकी थिइन् । उनी पूर्व आन्तरिक सुरक्षा मन्त्री जोन केलीको सहयोगी थिइन् । केली ह्वाइटहाउसमा चिफ अफ स्टाफ बने पछि निल्सन उपमन्त्री बनेकी थिइन् । एक वर्ष पछि उनले मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved