विमानको शौचालयमा २३ किलो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 08:40:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा एक विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका २३ किलो भन्दा बढी सुन फेला परेको छ । बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा  विमान बंगलादेशको शौचालयबाट  २०० वटा सुनका सिक्का फेला परेको हो  ।

भन्सार गुप्तचर विभागका अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वा न्यूज एजेन्सीसँग भने, “हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २०० वटा सुनका सिक्कालाई बरामद गरेका छौँ ।” “सुन शौचालयमा छोडिएको अवस्थामा बरामद भएको र यसबारे अनुसन्धान भइरहेकोले बिस्तृत विवरण पछि दिइनेछ,” उनले भने ।

विमान दुबईबाट आएको र स्थानीय समय अनुसार सोमबार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम बन्दरगाह शहरस्थित विमानस्थलमा अवतरण भएको थियो । अधिकारीका अनुसार उक्त सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर (दश कारोड टाका) बराबर भएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved