बिजपाटी सम्बाददाता     Apr 18, 2019 | 01:30:22 PM



dace

पाकिस्तानमा एक यात्रुवाहक बस अपहरण गरी १४ यात्रुको हत्या भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कराँचीबाट ग्वादार हिडेको बस बिहीबार बिहान अपहरणमा परेको थियो । 

दक्षिणपश्चिमी पाकिस्तानको बलुचिस्तानमा छुट्टै बलुचिस्तान बनाउन भन्दै स्लामिस्ट मिलिसियाहरू सक्रिय छन् । पृथकतावादीहरू बलुचबाहेक अन्य समूदायलाई निसाना बनाउँदै आएका छन् । 

यो हत्याको अहिलेसम्म कुनै कुनै समूहले जिम्मेवारी लिएको छैन । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7