पेरुका पूर्व राष्ट्रपतिद्धारा आत्महत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 12:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आत्महत्या गरेका छन् । बुधबार राति आफैंलाई गोली हानी उनले आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

भ्रष्टाचारको आरोप लागेका ६९ वर्षीय गार्सियालाई गिरफ्तार गर्न प्रहरी उनको घरमा पुगेपछि उनले आच्महत्या गरेका हुन् । आफूलाई गिरफ्तार गर्न आएका प्रहरीलाई महत्वपूर्ण फोन गर्ने भन्दै फोन मागेर कोठाभित्र छिरेका उनले आफैँलाई गोली हानेको बताईएको छ । 

टाउकोमा गम्भिर चोट लागेको अवस्थामा प्रहरीले उनलाई राजधानी लिमास्थित क्यासिमिरो उलावो अस्पताल लगेपनि अस्पतालले उनलाई  मृत घोषणा गरेको थियो । 

गार्सिया सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म दुई पटक पेरुको राष्ट्रपति बनेका थिए । दोस्रो पटक राष्ट्रपति हुँदा उनले ब्राजिलको निर्माण कम्पनीबाट घुस लिएको आरोप लागेको थियो । तर उनले यो आरोपको अण्डन गर्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved