कङ्ग्रेस प्रवक्ताद्धारा पार्टी परित्याग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 12:59:09 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय काँग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीले पार्टी परित्याग गरेकी छिन् । आफूमाथि दुर्व्यवहार गर्ने उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाउँदै आएकी उनले पार्टी नै परित्याग गरेकी हुन् । 

उत्तर प्रदेशको मथुरा पुगेर सोही क्षेत्रबाट चुनाव लड्ने उद्घोष गर्दा पार्टीका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका थिए । त्यहाँबाट फर्केर यसबारे उनले पार्टी हाईकमाण्डमा उजुरी गरेपछि दुव्र्यबहार गर्ने कार्यकर्तालाई पार्टीले निलम्बन गरेको थियो । तर उनीहरुलाई फेरि पुनःस्थापित गरिएपछि उनले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । 

प्रियङ्काले पार्टीका लागि रगत र पसिना बगाउने भन्दा ‘गुण्डा’हरुले प्राथमिकता पाउन थालेको भन्दै ट्वीट गरेकी थिइन् । शुक्रबार आफ्नो ट्वीटर ह्याण्डलबाट पार्टी प्रवक्ता हटाउँदै उनले पार्टी परित्याग गरिन् ।

भारतमा अहिले लोकसभाको निर्वाचन हुँदैछ । यस चुनाबबाट काङ्ग्रेसको उदय हुने आँकलन गरिएपनि प्रवक्ताले नै पार्टी परित्याग गरेपछि यो आँकलनमा धक्का पुग्ने अनुमान गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved