श्रीलंका विस्फोट अपडेटः मृतकको संख्या १ सय ३७ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 01:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाको चर्च तथा होटलमा आइतबार बिहानै ६ वटा विस्फोट भएका छन् । राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा विस्फोट हुँदा १ सय ३७ जनाको मृत्यु भएको छ । सयभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा पर्यटक समेत रहेको बताइएको छ ।

क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा आक्रमण भएका हुन् । कोचिकाडे, नेगोम्बो तथा बाटिकालाओ चर्चमा विस्फोट भएको हो भने सांग्रिला, सिनामोन ग्रान्ड तथा किंग्सबरी होटलमा आक्रमण भएको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बाटिकोल विस्फोटमा २५ तथा नेगोम्बोमा ५० जनाको मृत्यु भइसकेको छ । 

आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । घटनापछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले आक्रमणको निन्दा गर्दै तत्काल घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved