फिलिपिन्समा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 05:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

फिलिपिन्सको उत्तरी भागमा ६.३ म्याग्निट्युडको भूकम्प गएको छ । भूकम्पमा परी दुईवटा भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ । पोराक शहरमा भत्केको भवनबाट तीनवटा लाश निकालिएको छ भने लुबाओ शहरमा अर्को भवन भत्किँदा एक वृद्धा र उनको नाति थिचिएर मरेको प्रान्तीय गभर्नर लिलिया पिनेडाले बताएकी छन् । भूकम्पका कारण विद्युत् आपूर्ति ठप्प भएको छ । 

भूकम्पको केन्द्रविन्दु जाम्बालेस प्रान्तमा रहेको कास्टिलेजोस शहरमा रहेको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी यान्ड सीस्मोलोजीले जनाएको छ । उक्त क्षेत्रमा रहेको एक एक्सप्रेसवे भत्किएको र पत्थर लडेको खबर छ । एक चर्च र केही घरहरू भत्केका छन् । सुनामीको सम्भावना नरहेको तर मानिसले परकम्पको अपेक्षा गर्न सकिने फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी यान्ड सीस्मोलोजीका निर्देशक रेनातो सोलिडमले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved