भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 02:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पत्ति रहेको विवरण बुझाएका छन् । मोदीले आफूसँग चल–अचल सम्पति २ करोड ५१ लाख ३६ जार १ सय १९ रुपैयाँ रहेको भन्दै सम्पत्ति विवरण बुझाएका हुन् । भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन् ।

मोदीले सन् १९६७ मा गुजरात बोर्डबाट एसएससी परीक्षा उत्तीर्ण गरेको, १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक गरेको र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए पास गरेको उल्लेख गरेका छन् । 

सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीले १.४१ करोड बराबरको चल सम्पत्ति तथा १.१ करोड बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनले टैक्स सेभिङ इन्फ्रा ब्रान्डमा २० हजार, राष्ट्रिय बचत प्रमाणपत्र ७.६१ लाख तथा एलआईसी पोलीसीमा १.९ लाख रुपयाँ लगानी रहेको उल्लेख गरेका छन् । 

उनको बचत खातामा बाँकी ४ हजार १ सय ४३ रुपैयाँ छ । उनीसँग ४५ ग्राम तौलका सुनका चार औठी रहेको उल्लेख छ । यसको मूल्य १.१३ लाख बराबर पर्छ । उनीसँग गान्धीनगरको सेक्टर १ मा ३ हजार ५ सय ३१ वर्ग फिट जग्गा छ । विवरणअनुसार यसको अनुमानित मुल्य १.१ करोड मानिएको छ । जसमा उनको जग्गामा भएको घर पनि सामेल छ । 

उनले सरकारी तलब र बैकबाट प्राप्त ब्याजलाई आयस्रोतका रुपमा उल्लेख गरेका छन् । उनले बुझाएको विवरणमा पत्नी  जशोदाबेनको आयस्रोत र पेशा भने उल्लेख छैन । उले आफूले कुनै सरकारी रकम तिर्न बाँकी नरहेको पनि दाबी गरेका छन् । 

सन २०१४ मा मोदीले बुझाएको विवरणमा उनको कुल सम्पत्ति १.६५ करोड उल्लेख थियो । तर अहिले उक्त सम्पत्ति करिब १ करोडले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved