मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी नै रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 09:56:14 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ । आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उनको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो ।

शुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका यादवले त्यसपछि तीन वटा क्षेत्रीय पार्टी समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोक दलले उत्तर प्रदेशमा बनाएको महागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी रद्द भएका यादव केही वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (बीएसएफ)बाट बर्खास्त भएका व्यक्ति भएको बताइएको छ । उनले त्यतिबेला सेवाग्रहीलाई राम्रोसँग सेवा नदिएको जस्तो बुझिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सीमा सुरक्षा बलमा रहेकै बेला उनलाई भ्रष्टाचारको आरोप लागेको पनि अधिकारीहरूले बताएका छन् । त्यतिबेला उनको छवि राम्रो नरहेको विवरणहरू सार्वजनिक भएका छन् । उम्मेदवारी रद्द भएपछि बुधबार उनले आफूलाई अन्याय भएको र न्यायका लागि अदालत जाने बताएका छन् । षड्यन्त्रपूर्व तरिकाले आफ्नो उम्मेदवारी रद्द गरिएको यादवको भनाइ छ ।

भारतको वाराणसी निर्वाचन क्षेत्रलगायत केही निर्वाचन क्षेत्रमा मे १९ तारिखका दिन मतदान हुने तय भएको छ । गत अप्रिल ११ तारिखदेखि शुरु भएको सात चरणको निर्वाचनमध्ये मे १९ मा अन्तिम तथा सातौँ चरणको मतदान हुने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved