बिहेका लागि छुट्टी नदिएको भन्दै सुरक्षाकर्मीद्धारा हामिकको हत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 02:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा अहिले लोकसभाको निर्वाचन जारी छ । निर्वाचन लक्षित खराब गतिविधि हुन सक्ने भन्दै चुनावी सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । 

हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्सका एक जवानले गोली हानी हाकिमको हत्या गरेका छन् । २६ वर्षीय जवान लक्ष्मीकान्त बर्मनले बिहेको लागि छुट्टी नदिएको भन्दै बिहीबार इन्सास राइफलबाट १३ राउण्ड गोली चलाउँदा उनका हाकिमको मृत्यु भएको छ  भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी मे २० मा तय गरिएको विवाहका लागि छुट्टी नदिएको झोंकमा उनले गोली चलाएका थिए ।

आसाम राज्यको सशस्त्र प्रहरी बलअन्तर्गत कार्यरत बर्मनले सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved