‘फानी’का कारण भारतमा नौ जनाको मृत्यु, कयौँ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 02:18:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सामूद्रिम आँधी  ‘फानी’ का कारण भारतको उडिसामा नौ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी पूर्वी तटवर्ती राज्य उडिसामा १६० जना घाइते भएको भारतीय अधिकारीले जनाएका छन् । 

आँधी कयौँ भौतिक संरचनाहरुमा पनि क्षति पुर्याएको छ । विद्युतीय पोल र रुखहरु ढलेका छन् । विषेशगरेर भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र वर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गरेका छन् ।  

बंगालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो । 

उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो । त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए । त्यस्तै सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved