कसरी लाग्यो ल्याण्ड गर्नासाथ विमानमा आगो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 06:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा भएको हवाई दुर्घटनामा बाँच्न सफल व्यक्तिहरूले जहाज आकाशमा जाँदै गर्दा बिजुली चम्केर जहाजमाथि परेको बताएका छन्। आइतवार शेरमियतएभो विमानस्थलमा अवतरण गर्नासाथ ठूलो आगलागी भएको विमानबाट केही व्यक्तिहरू बाँच्न सफल भएका थिए। ७३ यात्रुमध्ये पाँचजना चालकदलसहित ४१ जनाको दुर्घटनामा ज्यान गएको थियो। दुर्घटनाको अनुसन्धान गरिरहेकाहरूले बिजुली परेको भन्ने दाबीमाथि कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

आधुनिक जहाजहरू आकाशमा चम्किने बिजुलीको मार खप्न सक्ने गरी बनाइएका हुन्छन्। र, रुसको राष्ट्रिय बाहकले विमान "प्राविधिक कारणवश" विमानस्थलमा फर्किएको बताएको छ। तर यात्रुहरूले विमान उड्ने बितिक्कै आकाशे बिजुलीसँग जुधेको र चालक दलका सदस्यले पनि बिजुलीकै कारण एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुट्न पुगेको बताए। नाटकीय भिडिओ दृष्यहरूमा विमान धावनमार्गमा नराम्ररी थचारिएको र त्यसपछि भीषण आगलागी भएको देखिएको थियो।

सुखोइ सुपरजेट-१०० विमानले आइतवार स्थानीय समय अनुसार साँझको ६ बजेर २ मिनेटमा जमिन छोडेको थियो। उक्त विमान उत्तरी रुसी सहर मुर्मन्स्क जाँदै थियो।त्यसका चालक दलले उडेको केही बेरमै खराब मौसमका कारण "विमानले काम गर्न नसक्ने" स्थिति आएको भन्दै दुखदायी सङ्केत पठाएका थिए। त्यसपछि विमानले आपत्‍कालीन अवतरण गर्न दुईपटक प्रयास गर्‍यो। पहिलो प्रयासमा विमानको गति एकदम तीब्र रहेको र दोस्रो प्रयासमा चाहिँ स्वचालित प्रणाली विफल भएको रुसको समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ। इन्टरफ्याक्सका अनुसार विमान कालोपत्रे भुईँमा उफ्रिँदै थच्चिँदै गर्‍यो, विमानको पछाडिपट्टिको तल्लो भाग बजारियो र विमानमा आगो लाग्यो। चालकदलले हवाई ट्राफिक नियन्त्रकसँग सम्पर्क गुमाएपछि जहाजको इन्धन मस्कोमाथि फ्याँक्दा अति खतरापूर्ण हुनसक्ने भन्दै पुरै इन्धनसहितको विमाननै अवतरण गरेको समाचार संस्थाले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved