उत्तर कोरियाद्वारा फेरी मिसाइल परिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 09:29:27 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाले सानो दूरीका कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। सानो दूरीका कैयौँ क्षेप्यास्त्रहरू परीक्षण गरेको एक हप्ता पनि नबित्दै पछिल्लो क्षेप्यास्त्र प्रहार गरिएको खबर बाहिर आएको हो। विश्लेषकहरूका अनुसार हालैको परमाणु वार्तामा सहमति गर्न विफल अमेरिकामाथि दबाव दिने प्रयास स्वरूप उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो। परमाणु कार्यक्रमसम्बन्धी अवरुद्ध वार्तालाई अगाडि बढाउने प्रयास स्वरूप एक उच्च अमेरिकी दूत अहिले दक्षिण कोरियाको सोलमा छन्। गत फेब्रुअरीमा उत्तर कोरियाली नेता किम जङ-अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भियतनाममा भएको दोस्रो शिखर बैठक विना कुनै सहमति टुङ्गिएको थियो।

दक्षिण कोरियाली सेनाले थप विवरण नखुलाई स्थानीय समय अनुसार बिहान साढे चार बजे उत्तर कोरियाद्वारा ती क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ।  उक्त क्षेप्यास्त्रले करिब ४२० किलोमिटर दूरी तय गरेको थियो। सिनो-री केन्द्र प्योङयाङदेखि करिब ७५ किलोमिटर टाढा पर्छ। 

वाशिङटनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरन्याश्नल स्टडिजका अनुसार सिनो-री केन्द्र उत्तर कोरियामा लामो समयदेखि चलिरहेका क्षेप्यास्त्र केन्द्रहरूमध्येको एउटा हो। दक्षिण कोरियाली सेनाका प्रवक्ता किम-जून र्‍याकले समाचार संस्था एएफपीलाई भने, "एउटा वा धेरै क्षेप्यास्त्र प्रहार गरिएको हो भन्ने कुराको हामीले अझै विश्लेषण गरिरहेका छौँ।" दक्षिण कोरियाली ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार राजधानी प्योङयाङदेखि उत्तर-पश्चिममा पर्ने सिनो-री भन्ने केन्द्रबाट पूर्वतिर नचिनिएको क्षेप्यास्त्र प्रहार गरिएको थियो।

किमबाट नचाहिने सहमतिको प्रस्ताव आएको भन्दै ट्रम्प शिखर बैठकबाट बाहिरिएका थिए।  निरस्त्रीकरण वार्तालाई फेरि सही बाटोमा फर्काउने प्रयासमा उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफन बिगन केही घण्टाअघि दक्षिण कोरियाको राजधानी सोल पुगेका थिए। भियतनाम बैठकपछि दुई देशबीचको संवाद टुटेका बेला शनिवार उत्तर कोरियाले सानो दूरीका कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको थियो। दक्षिण कोरियाका अनुसार देशको पूर्वमा पर्ने होडो प्रायःद्वीपबाट क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए। प्योङयाङले सन् २०१७ को नोभेम्बरमा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि पहिलो पटक शनिवार ती क्षेप्यास्त्रहरूको परीक्षण गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved