ठुलो दुर्घटनाबाट जोगियो ८१ यात्रु सवार विमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 09:31:54 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानमारमा एउटा यात्रुबाहक विमान ठुलो दुर्घटनाबाट जोडिएको छ । अगाडिको चक्का नखुलेकै अवस्थामा विमान चालकले विमानको आपतकालीन अवतरण गराएका हुन् । ८९ यात्रु सवार रहेको इम्ब्राअर १९० मोडलको उक्त विमान विमानचालकले विमान सुरक्षित रूपमा अवतरण गराएका हुन्। म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो। विमानलाई कुशलतापूर्वक अवतरण गराएकोमा विमानचालकको प्रशंसा गरिएको छ। पाइलटले सावधानी नपनाआएको भए ठुलो क्षति हुन् सक्थ्यो ।

अवतरण गर्नुअघि एअर ट्राफिक कन्ट्रोलरहरूले विमानको चक्का खुले-नखुलेको ठम्याउन सकून् भनेर क्याप्टेन म्यान मो अङले विमानस्थलमाथि विमानलाई दुई फन्को घुमाएका थिए। याङ्गुनबाट म्यान्डलेका लागि उडेको उक्त विमानमा अवतरणको बेला त्यस्तो समस्या देखिएको थियो। "विमानचालकले आपत्कालीन प्रक्रिया पूरा गरेका थिए। उनले विमानको तौल घटाउनलाई धेरै इन्धनलाई आकाशमै खपत गराएका थिए," विमानसेवाको भनाइ छ। विमान अवतरण गर्दा खिचिएको भिडिओमा विमानले अगाडिको भागले भुइँ छुनुअघि पछाडिको चक्कामा भर परेको देखिएको छ।

विमान पूरै रोकिनुअघि धावनमार्गमा २५ सेकेन्ड घिस्रिएको थियो। "विमानचालकले गज्जबको काम गरेका छन्," म्यानमारका यातायातमन्त्री विन खान्तले समाचार संस्था रोएटर्सलाई बताए। यसअघि गत बुधवार म्यानमारको अर्को विमानस्थलमा एउटा विमान चिप्लिएको थियो। विमान बाङ्ग्लादेशको एउटा विमान खराब मौसमका कारण बित याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा चिप्लिएको थियो। सो घटनामा १७ यात्रु घाइते भएका थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved