सामाजिक सञ्जाल चलाउन निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 10:56:51 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । अल्पसंख्यक मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक ह्वाट्सएपलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको हो ।

आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सामाजिक सञ्जालमा प्रतिबन्ध लगाईएको जनाईएको छ । 

वैशाख ८ गते सैयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । उक्त घटनाको अन्तर्राष्ट्रिय आतंकवादी समूह आइएसले जिम्मा लिएको थियो । 

यही विषयमा भएको विवादमा फेसबुकमा व्यक्त विचारले हिंसालाई प्रोत्साहन गरेको सरकारको बुझाइ छ । फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved