अमेरिका र इरानबीचको तनाबले साउदी अरबलाई ठुलो क्षति, तेलको ट्यांकरमा आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 05:25:12 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबका दुई तेलका ट्यांकरमा आक्रमण भएको छ। संयुक्त अरब एमिरेट्सको अपतटीय क्षेत्र फुजैरामा तेलका ट्यांकरमा आक्रमण भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार लेखेका छन। 

एमिरेट्सले अहिलेसम्म यो हमला कसले गर्‍यो भन्‍ने पत्तो लगाउन नसकेको समचारमा उल्लेख छ। यो हमलाको कसैले पनि जिम्मेवारी लिइसकेको छैन। साउदी अरबका ऊर्जामन्त्री खालिद अल फलिहका अनुसार आफ्ना दुई तेलका जहाजमा ठुलो क्षति पुगेको छ। फलिहले तेल बोकेका दुवै जहाजले अबर सागर पार गरिरहेका बेला हमला भएको हो।

यद्दपी यो हमलामा अमेरिकाको संलग्नता आशंका गरिएको छ। अमेरिकाले यसअघि नै इरानसँगको बढ्दो तनावलाई लिएर इरान क्षेत्रमा समुद्री यातायातलाई निशाना बनाउन सक्ने चेतावनी दिएको थियो। यसै चेतावनीको पृष्ठभूमिमा सामुद्रिक जहाजमाथि हमलाको समाचार आएको हो। अमेरिका र इरानबीच बढिरहेको तनावकाबीच साउदी अरबले ठुलो क्षति ब्यहोर्नु परेको केहि संचार माध्यमले लेखेका छन।    

इरानले भने यस हमलाको निष्पक्ष जाँच हुनुपर्ने माग गरेको छ। इरानसँग तनाव चुलिँदै गएपछि अमेरिकाले फारसको खाडीमा एक युद्धपोत, बी -२ बमवर्षक विमान, प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरिसकेको छ।  

इरानमाथि मनोवैज्ञानिक दबाव बढाउनका लागि अमेरिकाले यस्तो गरिरहेको विश्लेषण गरिएको छ। दुवै देशको सम्बन्ध २०१५ यता सबैभन्दा खतरनाक बिन्दुमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग २०१५ मा भएको परमाणु सन्धि तोडेसँगै तनाव चुलिएको छ।

त्यसपछि अमेरिकाले इरानमाथि पुनः सबै किसिमको प्रतिबन्ध लगाएको छ। यस विवादपछि अमेरिकाले आठ देशलाई इरानको तेल खरिद बन्द गर्न चेतावनी दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved