बिजपाटी सम्बाददाता     May 14, 2019 | 11:20:06 AM



चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यस बाहेक उनलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उनले विभिन्न पदमा रहदा पदिय अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको पाइएको जनाएको छ । उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिनु भएको पनि अदालतले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7