भारतमा फेरी मोदी नै प्रधानमन्त्री !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 01:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा सम्पन्न भएको चरणबद्ध चूनावमा भारतीय जनता पार्टी ‘बीजेपी’ ले जीत हासिल गर्ने प्रारम्भिक मत सर्वेक्षणहरुले आकलन गरेका छन् । आईतवार लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान सम्पन्न भएको हो । लगत्तै आएका प्रारम्भिक मत सर्वेक्षणहरुले बीजेपीको विजयी हुने सम्भावना देखाएको छ । 

धेरे जसो सर्वेक्षकहरुले बीजेपीको अहिलेसम्मको प्रदर्शन पहिले अनुमान गरिएभन्दा राम्रो भएको बताएका छन् । बीजेपी नेतृत्वको गठबन्धन, न्याशनल डिमोक्र्याटिक एलाएन्स (एनडिए) ले ठूलो परिमाणमा जित हासिल गर्ने अनुमान गरेका छन्। ति  सर्वेक्षकहरुकाअनुसार उक्त गठबन्धनले २८० देखि ३१५ सम्म सिट जित्नसक्ने सम्भावना छ। त्यो विपक्षी कंग्रेस पार्टिको भन्दा निकै नै धेरै हुने बताइएको छ।

विभिन्न चार एक्जिट पोलमा एनडिए गठबन्धनले २८० देखि ३१५ बीचमा सीटहरू जित्ने अनुमान गरिएको छ। जुन युपीएभन्दा निकै बढी छ। रिपब्लिक/सी भोटरको एक्जिट पोलका अनुसार एनडिएको २८७ सीट र युपीएको १२८ सीट र अन्यले १२७ सीट ल्याउन सक्ने देखिएको छ। जबकी टाइम्स नाओ/बीएमआरका अनुसार एनडिएको ३०६ सीट र युपीएको १३२ सीट र अन्यको १०४ सीट पुग्न सक्ने देखाएको छ।

रिपब्लिक/जनका अनुसार एनडिए ३०५, युपीए १२४ र अन्यले ११३ ल्याउने देखिएको छ। न्युज नेशनका अनुसार एनडिए २८२ देखि २९० बीचमा, युपीए ११८ देखि १२६ सम्म र अन्यले १३० देखि १३८ सम्म सीट जित्ने ठानिएको छ।

निर्वाचनका क्रममा बीजेपी र कंग्रेस तथा अन्य विभिन्न राज्यका केही क्षेत्रिय दलहरूबीच चर्को प्रतिस्पर्धा भएको थियो। तर प्रारम्भिक वैचारिक मत सर्वेक्षणहरूले विपक्षीको चुनावी रणनीति असफल भएको तर्फ संकेत गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved